prachanda

‘प्रचण्डले पोलिटब्युरो सदस्यमा आफ्ना मान्छे मात्र राखेपछि माओबादीमा हंगामा’

National News News

The Mirror

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय २५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको छ।

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युराे सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन।

कमलादीको प्रज्ञा भवनमा चलिरहेको माओवादी केन्द्रको बैठकमा सदस्यहरुले हलबाटै भने, ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो?’

उनीहरुले चर्को बिरोध गरेपछि विवाद भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको थियो।

यही असार १९ गते आइतवारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थियो।

बैठकमा केन्द्रिय सदस्य सुदन किरातीले प्रचण्डको चर्को आलोचना गरे। उनले अब प्रचण्डले पार्टीको नेतृत्व गर्न नसक्ने बताउदै माओबादी भ्रस्टहरुको अखडा भएको आरोप लगाए।

उनले भने, ‘पार्टी अब प्रचण्ड र उनका आसेपासेको मात्र भयो जनताको रहेन’।

[ref-ujyaaloo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *