Now I have reached the point of committing suicide."

प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’

Breaking News National News News

The Mirror Desk

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको कुराको स्मरण गरेका छन।

उक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न समेत आएको बताए।

उनले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए।

माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए।

आफू झण्डैझण्डै आत्महत्याको अवस्थामा पुगेको भन्दै प्रचण्डले भने, ‘भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर गरेको प्रसंग पनि उनले सुनाए, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ, मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें’।

यसो भन्दैगर्दा उनको गला अवरुद्ध भयो र उनले आसुँ झारे। पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको पनि उनले सुनाए।

उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरिय, त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन’।

तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो र अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

1 thought on “प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’

  1. politics in Nepal is not doing anything so far. all are doing just drama and lie to people. you been in power many times but what you did???? this is just emotional blackmailing to the public

Leave a Reply

Your email address will not be published. Required fields are marked *