The Mirror Desk,
काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड बिरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ र सो रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ। रिट दर्ता अधिवक्ता समीर बलामीले गएका हुन्। प्रचण्डले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरेर बोलेका थिए। प्रचण्डले न्यायाधीशहरूले जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्की र चेतावनी सहितको अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए, ‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं, हामीलाई अदालतप्रति विश्वास छ तर पनि अदालत भन्दा जनताको अदालत ठूलो हो’।
यो भन्दा अघिनै, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो र यी सबै मुद्दामा सर्वोच्चले लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ।
[ref-nagarik]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020