prachanda

‘प्रचण्ड चुनावको लागी पैसा लिन भारत गएका हुन’

National News News

The Mirror

वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणी दिक्षितले माओबादी अद्क्ष्य प्रचण्ड चुनावको लागि पैसा लिन भारत गएको दाबी गरेका छन।

दिक्षितले भने, ‘प्रचण्डको यो भ्रमण केही पनि होइन, प्रचण्डको यो भ्रमण बिसुद्ध व्यक्तिगत हो, प्रचण्डले के आशा गरेको छन, निजि बोल्दा खेरी मुलुकलाई बोलेका छन, १९५०को सन्धि भनेका छन, बोर्डरको कुरा गरेका छन, धेरै कुरा गरेका छन, तर त्यो हाम्रो ‘लोक्कल कन्जक्सन’ को लागि नेपालको जनताको लागि हो, तर प्रचण्ड गएका छन निजि स्वार्थको लागि मात्र’।

उनले थपे, ‘साच्चै हो निजि के पाईन्छ, कि ‘इन्डिया’ बाट भनेर ‘इलेक्सन’ आउँदै छ, उसलाई समर्थन पनि चाहिन्छ, उनलाई एक प्रकारले भन्ने हो भने मधेशमा क्रेज’ बढाउनु छ र अर्को तिर पैसाको पनि सहयोग आर्थिक सहयोग पनि चाहिएको छ त्यसकारण अब आउने चुनाबको लागि पैसा लिन प्रचण्ड भारत गएका हुन, यसमा अरु कुनै कुरा पनि छैन स्पस्ट भए हुन्छ’।

प्रचण्ड भारतबाट फर्के पछि पनि वाम गठबन्धन हुने अब चीनले नेपालबाट धोका नखाने प्रचण्डमाथी चीनले हात झिक्यो भने हालत खराब हुने पनि उनले बताए।

अहिले प्रचण्ड प्रधानमन्त्री हुने ‘चान्स’ एकदमै कम भएको र शेरबहादुर देउवा प्रचण्डको अगाडी लम्पसार परेको देउवाको एउटै उदेश्य भनेको कसरी चुनाव जितौं भन्ने मात्र भएको उनको भनाई छ।

शेरबहादुर देउवामा कांग्रेसको सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर उल्टो दिशा तिर गएको प्रचण्ड र आरजु ४\४ महिनाको प्रधानमन्त्री हुनको लागि भारतको आशीर्वाद लिन गएको पनि उनले दाबी गरे।

अहिले वाम गठबन्धन हुने ‘चान्स’ धेरै भएकोले प्रचण्डलाई भारत बोलाइएको र प्रचण्डको कमि कमजोरी सबै भारतलाई थाहा भएको उनले स्पस्ट पारे।

नारायणकाजीले बोलेको संकेत कम्युनिष्ट एकता हुने कसैले भंग गरेर नसक्ने र अहिले नेपाल विदेशीहरुको खेल मैदान भएको उनको भनाई छ।

केपी शर्मा र नाराणकाजी श्रेष्ठको भित्र भित्रै कुरा भएको तर भारतले कम्युनिष्ट एकता भएको देख्न नचाहाने भएकोले प्रचण्डलाई भारत बोलाएको तर अहिले ठुलो रणनीति केही पनि नभएको र फेरी चीनलाई कम्युनिष्ट एकता चाहिएकोले दुई देश बीच टक्कर भएको पनि उनले बताए।

[ref-dainiknews

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *