The Mirror Desk,
काठमाडौँ, तात्कालीन माओवादी जनयुद्धकालको अन्तिम समयमा ढाडमा टेकेर टाउकोमा हान्ने ‘प्रचण्ड’ को अभियानका प्रमुख कमाण्डर टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना भएको खुलासा गरेका छन्। पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग धेरै हिसाबकिताब माग्न बाँकी रहेको बताए।
रायमाझीले आक्रोशित हुदै भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो। १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं, त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ, उहाँका अनुसार ७/८ वर्षको सो रकम १९ अर्ब हुन्छ, त्यो पैसा कहाँ गयो’?
अर्को तर्फ वर्षमान पुन र जनार्दन शर्माहरुतर्फ संकेत गर्दै रायमाझीले भने, ‘अहिले जो साथीहरु जनयुद्धका जनमुक्ति सेनाका कमाण्डर भन्दै छन् उनीहरुको हैसियत मलाई थाहा छ, ‘म २०४८ सालमा वाइसिएलको संस्थापक अध्यक्ष हुँदा मैले नै उनीहरुलाई जिल्ला कमिटीमा समेटेको हुँ, ‘हिसाब किताबको कुरा बाँकी नै छ,अहिले त हामी बैचारिक कुरामात्र गरिरहेका छौं’।
अर्को प्रसंगमा रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरूको कुनै माग सम्बोधन नगरेको भन्दै लडाकुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको बताए।
त्यस्तै पूर्व माओवादीका अर्का कमाण्डर तथा उद्योगमन्त्री लेखराज भट्टले शान्ति प्रक्रियापछि प्रचण्डले आफू र परिवारबाहेक अरु योद्धालाई बिर्सेको आरोप लगाए। उनले टुँडिखेलमा उभिएर ५ हजार मारेको जिम्मा लिन्छु भन्ने प्रचण्ड कायर हुन् भन्दै प्रचण्डले जनयुद्धको जिम्मा नलिने हो भने १७ हजारको जिम्मा आफूहरुले लिने घोषणा गरे।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon