प्रचण्ड दोस्रो पटक ‘प्रचण्ड-नेपाल’ समुहको संसदीय दलको नेतामा चयन

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड सो समुहको संसदीय दलको नेतामा चयन भएका छन्। शुक्रबार बसेको ‘प्रचण्ड-नेपाल’ समुहको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो। गत पुस ५ प्रतिनिधि सभा भंग भएलगत्तै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको थियो तर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उनलाई दलको नेतामा चयन गरेको जनाईएको छ। उक्त समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जनाएको थियो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित बनेको थियो। तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि दुई खेमामा बाँडिएको नेकपा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए। उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए। ‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन, यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं’ प्रचण्डले भने।

[ref-nagarik]

अन्तमा यो पनि हर्नुहोस है
MCC ठिक छ, हामी पारित गरेर देखाईदिन्छौ:- रामकुमारी झाक्री

यो भिडियो हेरेपछि कमेन्टस बक्समा ‘BACK OFF MCC’ लेखेर MCC बिरुद्ध एक हौउ

Video Credt – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *