The Mirror Desk,
काठमाडौँ, आज पेरिसडाँडामा बसेको ‘प्रचण्ड–नेपाल’ समुहको स्थायी समितिको बैठकले पूर्व माओवादी केन्द्र र पूर्व एमाले अलग अलग भएर जाने निर्णय गरेको छ। सो समुहका नेता झलनाथ खनालले उक्त कुराको छोटकरीमा जानकारी पत्रकारहरुलाई दिए।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ। त्यसपछि नेकपाका दुवै समुहको नाम खारेज भएको छ। अदालतले पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइदिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पूर्व नेकपा (एमाले) बाट १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग लगभग ३५ जनाजति सांसद छन्। नेपाल निकट एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ। सो बिषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।
[ref-setopati]
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons