”प्रचण्ड-नेपाल’ समुहको स्थायी कमिटी बैठकले के-के निर्यणहरु गर्यो’

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री ओली समुहको स्थायी कमिटी बैठक सकिए लगत्तै अर्को समूह ‘प्रचण्ड-नपाल’ समुहको बैठक पनि सकिएको छ। सो समुहको बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय ‘ऐतिहासिक’ ठहर गरेको छ।

पेरिसडाँडामा सम्पन्न बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ, यसले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्यूहमा राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्‍याएको छ’

उनका अनुसार बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान पनि गरेको छ।

त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द समेत गर्ने निर्णय गरेको छ।

आफूहरू गरेको आन्दोलनमा सहयोग गरेकोमा र सहभागिता जनाएकोमा सो समूहको बैठकले सम्बन्धित सबैमा आभार प्रकट गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए। उनले थपे, ‘प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि त्यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा पनि पार्टीले जोड दिएको छ’।

नयाँ सरकार गठनको विषयमा बैठकमा छलफल भए वा नभएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आफूहरूले भनिसकेको उल्लेख गर्दै संसद्‌ अधिवेशनपछि आवश्यक कदम चालिने बताए।

[ref-bbc]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
नेताहरुले ब्यापारी संग कसरी घुस माग्दा रहेछन…खुल्यो सबै पोल…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *