The Mirro Desk,
काठमाडौँ, सरकार बिरुद्ध आन्दोलनरत सत्तासिन दल ‘प्रचण्ड-नेपाल’ समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ। केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि काठमाडौं केन्द्रीय आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रित छन्।
कार्यक्रमहरु यस्ता छन…
१) फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम रहेको छ । फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म सार्वजनिक स्थलमा हस्ताक्षरको कार्यक्रम रहेको छ । यो समूहले फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया।
२) फागुन ९ गते प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध।
३) फागुन १२ गते चितवन, फागुन २१ गते दाङ् र जनकपुर, नेपालगञ्जलगायतका सहरहरुमा विरोध प्रदर्शन हुने भएको छ । फागुन १४ गते काठमाडौंमा युवा र्याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम। [यो समाचार कान्तिपुरमा छापिएको छ]


“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020