‘प्रचण्ड-नेपाल’ समुहले ओली समूहका ७ नेतालाई कारबाही गर्यो

National News News

The Mirrro Desk,

काठमाडौँ, ‘प्रचण्ड-नपाल’ समूहले ओली समूहका सक्रिय ७ जना नेतालाई कारबाही गरेको जानेको छ। सो समुहको पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको बताएको छ। वैठकले सुबास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन पनि निर्देशन दिएको छ।

संसद विघटन बदर गरेसँगै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकले पदमा टाँसिरहेको भन्दै निन्दा गरेको छ। आफूमाथि शारीरिक आक्रमण हुनसक्ने भनेर प्रधानमन्त्री ओलीले दिएको षड्यन्त्रपूर्ण र गैर जिम्मेवारीपूर्ण भएको समेत समूहको ठहर छ।

वैठकमा सो समुहका अध्यक्ष प्रचण्डले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे स्पष्टीकरण समेत दिएका छन्। आफूले देशभित्र एकता हुने हो भने चीन, भारत लगायत सबैलाई अनुकुल हुन्छ भनेको, तर एउटा देशको प्रसंग मात्र ल्याएर झुटो प्रचार गरिएको उनले बताए।

यसअघि साे समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीकाे साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेकाे थियाे। त्यसैगरी, महासचिवबाट विष्णु पाैडेललाइ पनि हटाएकाे थियाे।

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै ‘प्रचण्ड-नेपाल’ र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्।

[ref-okhabar]

अन्तमा यो पनि…

माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे

Video Credit – The MIrror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *