काठमाडौँ, अन्तत सतारुढ दल नेकपा व्यक्तिगत स्वार्थ र पदलोलुपताको कारणले स्पस्ट दुइ भागमा विभाजित भएको छ। मंगलबार कार्की पार्टी प्यालेस बबरमहलमा बसेको ”प्रचण्ड-नेपाल” समुहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ। सो समुहको नयाँ अध्यक्षमा माधवकु नेपाललाई प्रथम अध्यक्ष बनाएको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य ”प्रचण्ड-नेपाल” पक्षमा देखिएको जनाइएको छ।
माधव नेपालले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले सधै आफूलाई पार्टीभन्दा पनि माथि राखेको आरोप लगाए। उनले भने ”केन्द्रीय कमिटी व्यक्ति भन्दा ठूलो हो, त्योभन्दा माथि कोही छैन, बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन, हाम्रो भेला मात्र आधिकारिक भेला हो”।
यसै क्रममा केपी ओलीको ठाउँमा सो समुहका माधव नेपाललाई अध्यक्ष बनाएको पत्र लिएर ”प्रचण्ड-नेपाल” समूह भोलि निर्वाचन आयोग जाने तयारी गरको छ। समाचारमा जनाइए अनुसार ४४७ केन्द्रीय सदस्य मध्ये ३१० जना ”प्रचण्ड-नेपाल” पक्षमा रहेका छन्।