The Mirror Desk,
काठमाडौँ, हिजो मात्र निर्बाचन आयोगले पार्टी नफुटेको निस्कर्ष निकाले तयारी गरिरहेको कुरा बाहिर आएपछि आज ‘प्रचण्ड-नेपाल’ समुह द्वारा प्रधानमन्त्री के पी ओलीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि पार्टी बाट निस्काशन गरेको जनाएको छ।
यसअघि पुस ७ गते बसेको ‘प्रचण्ड-नेपाल’ समुहको केन्द्रीय कमिटीको बैठकले के पी ओलीलाई अध्यक्षबाट हटाएको जनाएको थियो र ओलीको ठाउँमा माधव नेपाललाइ अध्यक्ष बानाएको थियो। केहि दिन अघि प्रधानमन्त्री के पी ओलीलाई स्पष्टिकरण सोध्ने भन्दै उनीहरुको समुहले बालुवाटारको गेटमा पत्र छाडेर फर्केको थियो। त्यस्तै गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ भने कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएको जनाइएको छ।
[ref-setopati]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020