The Mirror Desk,
काठमाडौँ, नेकपाको बिबाद आगो झैँ तिब्र रुपमा बिकसित हुदै छ। यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समूहले भोली अथवा बिहिबार आम हड्तालको घोषणा गरेको छ। केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायमा ‘असंवैधानिक’ नियुक्ति गरिएको भन्दै आमहड्ताल गर्न लागिएको हो। सोहि समुहले परिमार्जिक संघर्षका कार्यक्रम आज दिउसो २ बजे पत्रकार सम्मेलन गरेर घोषणा गर्दै छ।
नेकपाको ओली समूहले मंगलबार बृहत् जनसभाको आयोजना गरेको छ भने त्यसैलाई लक्षित गर्दै त्यसको एक दिन अघि सो समूहले आमहड्ताल घोषणा गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आक्रोशित बनेको सो समुहले अरु पनि थप कार्यक्रम ल्याउने अनुमान गरिएको छ।
समुहका नेता झलनाथ खनालले असंवैधानिक रुपमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिको विरोधस्वरुप आमहड्ताल घोषणा गरिएको जानकारी दिए। थप कार्यक्रबारे दिउसो २ बजे सो समूहले आकष्मिक पत्रकार सम्मेलन गर्दैछ।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon