wife of prachanda sita dahal fell sick

प्रचण्ड पत्नी सीता दाहाल एक्कासी बिरामी, अस्पतालमा भर्ना गरियो

National News News

The Mirror Desk

पूर्व प्रधानमन्त्री वा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल एक्कासी बिरामी भएकोले उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार सीतालाई गत मंगलबार अचानक बिरामी भएपछी बिहान अस्पताल भर्ना गरिएको हो। अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको थियो। अहिले केही सुधार देखिएको चिकित्सकले बताएका छन्। तर पनि अस्पतालले कहिले डिस्चार्ज गर्ने भन्ने अझै सम्म थाहा भएको छैन।

गत पुसमा सितालाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो। केहि समय अगाडी मात्र उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य अबस्था थप बिग्रिदै गएको जस्तो देखिएको थियो।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट निकै पीडित भएको जनाइएको छ।

[ref-onlinekhabar]

Watch This Too…

What did Bhattarai say about monarchy?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *