prachanda

‘प्रचण्ड फेरि जापान जाने’

National News News

The Mirror

भारतबाट फर्के लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि जापान जाने भएका छन।

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लले भने, ‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ, अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ, त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ’।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने उनलाई भेट गर अस्विकार गरेका थिए।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *