‘प्रचण्ड भन्ने एक मान्छेको स्वार्थका लागि मुलुक सती जान्छ सक्दैन’:- प्रधानमन्त्री

National News News

The Mirror Desk,

रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्रीले भने, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ, केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे, के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो’? प्रधानमन्त्रीले प्रचण्ड भन्ने एक जनाको स्वार्थका लागि मुलुक सती जान नसक्ने बताएका छन।

प्रधानमन्त्रीले अब प्रचण्डसँग कोही नडराउने भन्दै भने, ‘तपाईसँग सेना पनि छैन, हतियार पनि छैन, तपाईंले तर्साएर अब कोही तर्सँदैनन्, म प्रचण्डजीलाई उमेर सम्झन आग्रह गर्दछ, उहिले सम्झेर छेलो फाल्न नखोज्नुस् नत्र ढाड सड्कन्छ, जे गरे पनि हुने ? काँटे पनि हुने, मारे पनि हुने, अपहरण गरे पनि हुने, वेपत्ता बनाए पनि हुने, लूटे पनि हुने’?

अब त्यस्तो समय र दिन नरहेको भन्दै उहाँले प्रचण्डको पछि लागेर हिंडेकामा माधव नेपालको खिल्ली पनि उडाए। नेकपाको विभाजन अदालतले नगरेको भन्दै उहाँले पार्टी एकीकृत नै कहाँ थियो ? भन्ने प्रश्न गर्नुभयो, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ? अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ। दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ। मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने ।’

[ref-imagekhabar]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *