”प्रचण्ड महाअबसरबादी र विभाजनकारी”:- गृहमन्त्री थापा

National News

The Mirror Desk

काठमाडौँ, नेकपाको विभाजन संगै पार्टी परिबर्तन गर्नेहरुको घुइंचो नै लागेको छ। ”यताका उता र उताका यता” हुनेक्रम संगै सबैको केन्द्रबिन्दु बनेका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अब स्पस्ट रुपमा प्रधानमन्त्री के पी ओली समुहमा औपचारिक रुपमै लागेका छन्। ओली समूहमा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ओली समुहको केन्द्रीय सदस्यहरुको बैठकमा प्रतिक्रान्ति हुनबाट रोक्ने सबैभन्दा उत्तम बिकल्प भनेको आउदो चुनाव नै भएको बताए। उनले देश र जनतालाई प्रतिक्रान्तिको चंगुलमा फस्न नदिनको लागिनै आफुले केपी शर्मा ओलीलाई साथ दिएको बताए। ”प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको स्पस्ट छ त्यसकारण चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ”, उनले बैठकलाई सम्बोधन गर्दै भने। उनले संम्बोधनको क्रममा प्रचण्ड महाअबसरबादी र विभाजनकारी भएको गम्भीर आरोप पनि लगाए।

पछिल्ला घटनाक्रम पछि केही दिन तटस्थ जस्तो देखिएका थापा ओली समूहको बैठकमा सहभागी भएर ओलीलाई साथ दिएपनि उनीसंगैका केहि निकट मानिने साथीहरुले भने उनको साथ् छोडेर ‘प्रचण्ड-नेपाल’ समुहमा लागेका छन्।

उक्त बैठकमा आफ्नो सम्बोधनको क्रममा थापाले भने, ‘प्रचण्ड-नेपाल’ समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै विभाजनको दिशामाअघि बढेको बताएका, उहाँहरू को ध्यान क्रान्तिका उपलब्धिहरूलाई नस्ट गर्न र आफ्नो सरकारलाई असफल बनाउनमै केन्द्रित थियो र अन्तमा उहाँहरू दुश्मनको जालमा फस्नुभयो”।

”अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ”, उनले भने ”केही साथीहरु फेरि संसद पुनर्स्थापना गर्छु भनेर तमासा गरिरहेका छन् यस्ता ‘स्याल हुइयाँ’ को पछाडी लाग्नुको कुनै अर्थ छैन”।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

2 thoughts on “”प्रचण्ड महाअबसरबादी र विभाजनकारी”:- गृहमन्त्री थापा

  1. Yo paani na barsaune “BADAL” hoina arulai dukhadine “PAGAL” ho.Yo aafulai kun mapdandama rakhera Prachanda bhanda kam AWASARBADI bhan6? Hijoko dinma Prachanda chhodera gayeko paxi Prachandale bhagshanti garne bhaye paxi farkera milna aayera Mantripad padkayeko hoina?Alikati LAZ SARAM na bhaye paxi je bole pani hune ho.THUIKKA.

    1. Thank you so much sir for your valuable comment and feed back. Please stay with our website for more pupdate…Please keep on watching us and keep on loving us

Leave a Reply

Your email address will not be published. Required fields are marked *