प्रचण्ड-माधव पक्षका विद्यार्थी गुटको छुट्टै भेला

National News

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद चर्कदै गैरहेको बेलामा विभिन्न जनबर्गीय संगठनहरुको छुट्टा–छुट्टै भेला तथा कार्यक्रमहरु पनि तिब्र हुन थालेका छन। अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीले छुट्टै भेला गत शुक्रबार दिउँसो थापाथलीमा गरेको जानकारी हामीलाई प्राप्त भएको छ। तर पनि एक पक्षले अर्को पक्षलाइ गुटको राजनीतिक गरेको आरोप लगाउन भने छाडेका छैनन।

भेलाको आयोजना प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलम लगायतले गरेका गरेका थिए। भेलालाई पार्टीका स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गरे। नेपाली जनताले केहि आशा गरेर दुइ तिहाई बहुमत दिएको देशको सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी आपसी द्वन्दमा फसेर देश तहस नहस भएको छ। अब नेपाली जनताहरु यो अस्तव्यस्तता देखेर ब्यबस्था नै परिबर्तन गर्नु पर्छ भन्ने आबाज निकै चर्किदै गएको छ। नेता र पार्टी ले समयमानै बिचार नपुर्याउने हो भने निकै दुखद अबस्था नआउला भन्न सकिन्न।

ref-onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *