The Mirror Desk,
काठमाडौँ, नेकपाका दुइ समूहबीच आरोप प्रयारोप चलिरहेको छ। ठुला नेताहरु पनि निकै तल्लो स्तरमा गिरेर एकले अर्कालाई गालि गलौजको भाषा प्रयोग गरिरहेका छन्।
यसै क्रममा प्रधानमन्त्री ओली समूहका नेता समेत रहेका शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड मुक्त देश बनाउनुपर्ने बताएका छन्। गौरमा आयोजित सो समुहको अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपालका कारण पार्टी र देशको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्ड भएसम्म देश सधै पछाडी परिरहने बताए।
उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै प्रधानमन्त्री ओली र आफुले वास्तविक एकता चाहेको भएपनि प्रचण्डका कारणले त्यो सम्भब नभएको बताए। उनले ज्ञानेन्द्रलाई दाम चढाउने एमालेलाई ध्वस्त पार्ने माधवकुमार नेपाल र सधै पद र पैसाको पछि दगुर्ने प्रचण्डले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको बताए। आफु प्रचण्ड रहित समाज निर्माणमा लागेको र त्यो अभियान छिट्टै सफल हुने दाबी पनि गरे।
[ref-onlinekhabar]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020