The Mirror
ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ सहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेत्रविक्रम चन्दको नेकपाले कडा आपत्ति जनाएको छ।
नेकपाले प्रचण्ड र देउवालाई कडा चेतावनी दिदै हातमा दहि जमाएर नबस्ने भन्दै आक्रोश पोखेको छ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएका हुन।
उनले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिए। सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने पनि उनले विज्ञप्तिमा जनाईएको छ।
नेकपाले विज्ञप्तिमा भनेको छ, ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकेन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ’।
सहमतिअनुसार पार्टीका कार्यकर्तालाई अहिलेसम्म रिहा नगरिएको, सरकार र राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्न र राजबन्दी रिहा गर्ने सहमतिको तेस्रो बुँदा लागू गर्न प्रतिबद्ध नभएको पनि नेकपाले बताएको छ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नेकपाको विज्ञप्ति…

[ref-ujyaaloo]
अन्तमा यो पनि…