प्रचण्ड र बाबुराम बिच भेटबार्ता, केपी ओली बिरुद्ध एक हुने

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीको संसद बिघटन बिरुद्ध आन्दोलनरत प्रचण्ड र बाबुराम भट्टराईबिच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटबार्ता भएको छ। भृकुटीमण्डपबाट प्रचण्ड र भैरहवाबाट बाबुराम भट्टराई उपराष्ट्रपति निवास लैनचौर पुगेका थिए। उनीहरु तिनै जनाबीच करिब ३० मिनेट कुराकानी भएको थियो। भेटमा अहिलेको तरल राजनीतिक अवस्था र आगामी दिनहरुमा कसरी संगै आगाडी बढ्ने भन्ने योजनाबारे छलफल भएको बताइएको छ। उनीहरुले विगतको माओवादी आन्दोलनका बारेमा समेत छलफल गरेका थिए।

प्रचण्ड र बाबुराम बिच अहिलेको राजनीतिक र केपी ओलीप्रति एउटै बुझाइ छ। केपी ओलीले अझै प्रतिगामी असंवैधानिक कदम चाल्न गर्न सक्ने भएकाले ठूलै आन्दोलन गर्नुपर्नेमा बिषयमा समेत छलफल भएको छ। उनीहरु एक्लै आन्दोलनको सट्टा सामुहिक आन्दोलन गर्ने र नेपाली काँग्रेसलाइ पनि साथै लानुपर्ने कुरामा लगभग एक मत भएको बुझिएको छ।

यी तिनै जना मध्य प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गरेका थिए भने बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गरे र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हालेका थिए।

[ref-setopati]

अन्तमा लोकप्रिय संचारकर्मी रबि लामीछाने प्रति समर्पित यो भिडियो हेर्न नछुटाउनु होला

रबि दाइले सोधेको प्रश्नको उत्तर कहिले आउछ ?

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *