prachanda baburam

प्रचण्ड र भट्टराईबीच आकस्मिक र रहस्यमय भेटघाट

National News News

The Mirror

माओबादी अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच आकस्मिक र रहस्यमय भेटघाट भएको छ।

लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको उपराष्ट्रपति निकट स्रोतले बतायो।

उनीहरूबीच समय-समयमा उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा नियमित जस्तै भेटघाट हुने गर्छ।

बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तर यो भेटघाटले निकै महत्व राख्न सक्छ।

भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ। भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन।

यसलाई कतिपयले उनि अब माओबादीमा जानसक्ने अर्थमा पनि हेरेका छन्।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *