Meeting between Prachanda and Manange, discussion about joining Maoists

प्रचण्ड र मनाङे बीच भेटबार्ता, माओबादी प्रवेश गर्ने बारे बिशेष छलफल

National News News

The Mirror Desk

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ) बीच बिशेष प्रकारको भेटबार्ता भएको छ। उक्त भेटबार्तामा मनाङे माओबादी केन्द्रमा प्रवेश गर्ने बारे पनि बिशेष छलफल भएको बताइएको छ।

आइतबार साँझ प्रचण्ड निवासमा उनीहरूबीच भेट भएको जानकारी बाहिर आएको छ।

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा दीपक मनाङेको मुख्य भूमिका रहेको थियो। त्यसपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्रीहरु देखि प्रमुख पार्टीका नेताहरुको समेत लर्को लागेको छ।

फेसबुकमा प्रचण्ड र आफ्नो तस्बिर सार्वजनिक गर्दै मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे भेट र छलफल भएको पुस्टि गरेका छन्।

मनाङेले विपक्षी गठबन्धनलाई साथ दिएपछि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि मनाङेलाई उनले मन्त्री पद उपहार स्वरुप दिएका थिए।

गम्भीर अपराधिक पृष्ठभूमिबाट राजनीतिकमा आएका मनाङे अहिले सबैको आदर्श र आकर्षणको केन्द्र बिन्दु बनेका छन। उनलाई आफ्नो पार्टीमा प्रवेश गराउन पूर्व प्रधानमन्त्री देखि प्रमुख पार्टीका नेताहरुको लर्को नै लागेको छ।

[ref-setopati]

अन्तमा यो भिडियो पनि हेर्नुहोस..

बाबुराम भट्टाराईले राजतन्त्रको बारेमा के भने?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *