The Mirror Desk,
काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेको बताएका छन्। शुक्रबार ताप्लेजुङद्धाराको फुङलिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा विभाजन र एकताको लडाईमा रहे पनि पार्टीको एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र प्रचण्ड र माधब नेपालले सत्ता प्रतिको लोभ त्यागे एकताको सम्भावना बलियो भएर जाने उनले बताए।
उनले भने, ‘एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद त्याग्नु पर्ने त्यस पछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गरेर आफ्नो स्वार्थ त्यागेको घोषणा गर्नुपर्ने उनको तर्क छ।
उनले प्रधानमन्त्रीलाई ईतिहासमा कठोर निर्णय लिएर मुलुकका लागि प्रीय बन्न आग्रह गरे। अस्पतालको बेडमा छटपटिरहेको नेकपालाई कुसल चिकित्सकको साथ लिएर उपचार गर्न सके चाँडै एकता हुन सक्ने र आगामी निर्वाचनमा पराजितको अवस्थाबाट नेकपा टाढै रहने पनि उनको भनाइ थियो।
भट्टराई फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरिक्षण तथा राहत वितरणका लागि गृहजिल्ला ताप्लेजुङ आएका हुन्। उनि ताप्लेजुङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य हुन्।
[ref-newa24]
अन्तमा यो पनि हर्नुहोस है
MCC ठिक छ, हामी पारित गरेर देखाईदिन्छौ:- रामकुमारी झाक्री
यो भिडियो हेरेपछि कमेन्टस बक्समा ‘BACK OFF MCC’ लेखेर MCC बिरुद्ध एक हौउ…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020