The Mirror
प्रतिपक्षी दल एमाले सांसद गंगा चौधरीको फेरि संसदमा सानदार आबाज उठाएकी छन र उनको प्रशंसा फेरी चुलिएको छ।
हरेक सम्बोधनमा प्रतिनिधीसभाको बैठकमा उनले देश र जनताको पक्षमा दरिलो आवाज उठाउँदै आएकी छिन।
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेकको चर्को विरोध गरेर जनताको धन्यवादकी पात्र बनिरहेकी चौधरीले फेरी अर्को तहल्का पिट्ने खालको अभिव्यक्ति दिईन।
संसद भित्रैबाट उनले सिधै नाम नलिए पनि सत्तापक्षका नेताहरु देउवा र प्रचण्डहरुको अनुहारमा लेण्डुप दोर्जेको अनुहार देख्न थालिएको भन्दै कडा कटाक्ष गर्दै खरो प्रश्न उठाएकी छिन।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताएकी हुन्। सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन।
सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ। नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ।
चौधरीले भनिन्ले, ‘लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्ने गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन’।
यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ। यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ।
उनले नेकपा माओवादी अध्यक्ष प्रचण्डले हालै गरेको दिल्ली भ्रमणप्रति लक्षित गर्दै कटाक्ष गर्दै यस्तो अबिब्यक्ति दिएकि हुन।
केहि दिन अघि पनि एमाले सांसद चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लक्षित कडा कटाक्ष गरेकी थिइन्।
नागरिकता विद्ययेक पारित गर्ने दिन संसदको रोस्टमबाट बोल्दै चौधरीले प्रचण्डको इण्डिया भ्रमण प्रति कटाक्ष गर्र्दैै जदौ मालिक भन्न इण्डिया गएको हो ? भन्दै प्रश्न सोधेकी थिइन। चौधरीको त्यस दिनको अभिव्यक्ति पनि निकै चर्चित भएको थियो।
[ref-ratojhanda]
अन्तमा यो पनि…