Attempt for unity between Prachanda-Vaidya-Baburam-Biplava group

प्रचण्ड-वैद्य-बाबुराम-विप्लव समुहबिच एकताको प्रयास, के सम्भब होला?

National News News

The Mirror Desk

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ।

भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार भएपनि भावनाले मात्र पार्टी एकता हुँदैन। पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ। तर पनि यहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा आफुले क्रेडिट लिने र असफल भएमा अरुको दोष देख्ने परम्परा नै छ।

यतिबेला माओवादीहरु मूलतः चार कित्तामा बाँडिएका छन १) प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), २) मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), ३) बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। यसबाहेक साना साना त धेरै समुहहरु छन।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. भट्टराईको जनता समाजवादी पार्टीबिच विश्वदृष्टिकोणमै अन्तर छ। नयाँ संविधान निर्माणपछि डा. भट्टराईले कम्युनिस्ट आन्दोलन नै परित्याग गरी वामपन्थी लोकतान्त्रिक शक्तिका रूपमा नयाँ शक्ति निर्माण गरेका थिए। अहिले र डा. भट्टराई गैरकम्युनिस्ट शक्तिका रूपमा रहेका छन्।

नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच वर्तमान राजनीतिक व्यवस्थालाई बुझ्ने र क्रान्तिको कार्यदिशाबारे अन्तर छ। माओवादी केन्द्र वर्तमान राज्यप्रणालीबाट समाजवादको आधार तयार पार्न सकिने र समाजवादको तयारी शान्तिपूर्ण प्रतिस्पर्धाको चरणमा रहेको निष्कर्षमा छ। तर, विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिको मान्यतामा छ।

अहिले प्रचण्ड र केपी ओलीको पार्टी फुटेपछि अब सबैले एकै ठाउमा आउनुपर्छ भन्ने मान्यता राख्छन। तर सबैमा केहि न केहि मत भिन्नताहरु छन।

जति भने पनि कम्युनिष्टहरु प्राय सत्ता र पदको लागि नै फुट्ने हुदा उनीहरु बिचको एकता त्यति सजिलो छैन। फेरि एकता नगरी कम्युनिष्ट पार्टीको अगुवाइमा देशमा परिबर्तन पनि असम्भब प्राय छ।

[ref-lokpati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *