प्रचण्ड संसदीय दलको नेता बन्दै, “समान हैसियत” मा प्रचण्ड र नेपाल

National News

काठमाडौँ, नेकपा औपचारिक रुपमा दुइ समुहमा विभाजित बनेको छ। ”प्रचण्ड-नेपाल” समुहको अध्यक्ष माधव नेपाल र प्रचण्डको पार्टीमा ”समान हैसियत” हुने कुरा जनाइएको छ। उक्त समुहको मंगलबारको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि माधब नेपाल सो समुहका अध्यक्ष बनेका हुन्।

बैठकमा पार्टी अध्यक्षका लागि उनको नाम नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई केन्द्रीय कमिटिको बैठकले पारित गरेको थियो। तर प्रभु शाहले भने दुई अध्यक्ष राख्न नहुने तर्क गरेका थिए। उक्त पार्टी विधानमा दुई अध्यक्ष रहने र बैठकको अध्यक्षता दुई जना अध्यक्षले पालैपालो गर्ने भनेर स्पस्ट छ। त सो बैठकमा वरियताको बारेमा कुनै छलफल नभएको बताइन्छ।फेरि सामान्य अर्थमा केपी ओलीको ठाउँमा माधव नेपाल भएकोले पहिलो भन्ने होला वा पहिला अध्यक्षनै भएकाले प्रचण्ड पहिलो भन्न पनि सकिएला यो कुरालाई दुवै तरिकाले हेर्न सकिन्छ।

यसैगरी बुधबार १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने सो समुहको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्न सक्ने छ। यसअघि ”प्रचण्ड-नेपाल” समुहले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरेको थियो।नेता नेपालले तत्कालीन नेकपा (एमाले)लाई पार्टी महासचिव भएर १५ वर्षसम्म नेतृत्व दिएका थिए तर २०६४ सालको संविधानसभा निर्वाचनमा नराम्रोसंग पराजित भएपछि उनले महासचिब पदबाट राजीनामा दिएका थिए।

ref-setopati

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *