Tree Sun

प्रतिद्वन्दी एमाले र कांग्रेसबीच चुनाबी गठबन्धन

National News News

The Mirror

प्रतिद्वन्दी एमाले र कांग्रेसबीच झापाको कचनकवल गाउँपालिकामा चुनाबी गठबन्धन हुने भएको छ।

सहमति अनुसार गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो। अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन।

एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए अनुसार कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन गर्ने सहमति भएको हो। उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको पनि बताए।

कचनकवलमा राप्रपाको निकै वर्चस्व रहेको छ र त्यो तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन्। राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन्।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *