iraq

‘प्रदर्शनकारीले संसद भबन कब्जा गरे, नाचगान गर्दै टेबलमा सुते’

International News News

The Mirror

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन।

प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो।

यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको छ।

प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन।

नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

[ref-ujyaaloo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *