प्रदेशसभा पनि विघटन हुने सम्भावना प्रबल, निर्बाचन समयमै- मन्त्री डा. तुम्बाहाम्फे

National News News

The Mirror Desk,

काठमाडौँ, संसद भंग भएसंगे नेपालको राजनीतिक निकै नै अस्तब्यत भएको छ। खर्च धान्न गारो भएको भन्दै अधिकांस जनताले कामनै नभएको प्रदेश सभाहरु सहित संघियता पनि खारेज गर्नुपर्ने आबाज उठाउन थालेका छन्। केन्द्रको झगडा तलसम्म पुगेर प्रदेश सरकारहरु पनि खिया लागेको फलाम जस्तै भएका छन्। प्रधानमन्त्रिले यो कुराको स्पस्ट संकेत गरिसकेका छन्।

यसै क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले प्रदेशसभाहरु पनि विघटन हुने सम्भाबना प्रबल भएको संकेत गरेकी छन्। सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन भएपछि राजनीतिकको प्रभाव प्रदेशसभाहरुमा पनि परेकाले प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन्। पूर्व कानूनमन्त्रीसमेत रहेकी मन्त्री तुम्वाहाम्फेले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार नै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन र बादबिबाद गर्नुको औचित्य नरहेको बताइन्।

उनले निर्वाचन आयोगले आफ्ना काम गरिरहेको र सुरक्षाको तयारी पनि तिब्र रुपमा भईरहेकोले निर्वाचन समयमै हुने दाबी पनि गरिन्।

[ref-annapurna]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *