‘प्रदेशहरु बिघटन मात्र होइन संघियता नै खारेज हुनसक्ने?’

International News News

The Mirror Desk,

काठमाडौँ, प्रतिनिधि सभा बिघटन गरेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्तिरता बढ्दै गएको र स्थिति अझै बिग्रिए प्रदेशहरु बिघटन गर्न सक्ने सम्भावना झनै बढेर गएको बुजिएको छ। प्रतिनिधिसभा विघटन पछिको स्थिति र सडकमा दल र नागरिक समाज उत्रिएपछि प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा अन्तरबार्ता दिदै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका थिए। उनले प्रदेश सरकारलाई अप्ठेरोमा परे आफुले तुरुन्त गम्भीर कदम चल्ने बताएका थिए। उक्त ‘गम्भीर कदम’ को अर्थ हो प्रदेशसभा विघटन।

सरकारमा दुइ शक्तिशाली मन्त्रीहरु, भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टले पनि प्रदेशसभा विघटन हुन सक्ने स्पस्ट संकेत गरेका थिए। प्रदेश सभा संसदहरुले त धेरै पटक प्रदेश सभा मात्र होइन संघिता नै खारेज गर्नुपर्नु बिचार सार्बजनिक रुपमा राख्दै आएका छन्।

संबिधान अनुसार

“संविधानमा प्रदेशसभाले सरकार दिन नसक्ने परिस्थिति सिर्जना भएमा, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने कार्य भएमा मात्र प्रदेशसभा विघटन हुनसक्ने व्यवस्था छ। तर सरकार बन्न सक्ने विकल्प रहेको अवस्था र राष्ट्रियतामा असर पर्ने कार्य नभएमा प्रदेशसभा विघटन हुन नसक्ने संविधानविद्को भनाइ छ। संविधानको धारा १६८ र २३२ मा प्रदेशसभा विघटनसम्बन्धी व्यवस्था छ”

[ref-news24]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *