प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

National News

The Mirror Desk

काठमाडौँ, प्रदेश नम्बर-१ मा ‘प्रचण्ड-नेपाल’ समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४५ मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो। सो प्रस्तावको प्रस्तावकमा निवर्तमान अर्थमन्त्री आङ्बो र समर्थक मा लक्ष्मण तिवारी रहेका छन्। नम्बर-१ मा ९३ सांसद छन्। तीमध्ये सतारुढ़ पार्टीका ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन्। ‘प्रचण्ड-नेपाल’ पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका जनाईएको छ।

यसअघि आइतबार बिहान सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई आफ्नो समुहको केन्द्रीय सदस्यमा नियुक्त गरेको भएपनि उनले अस्वीकार गर्दै ‘प्रचण्ड-नेपाल’ समूहमै बस्ने निर्णय गरेकी थिईन। उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ।

[ref-kantipur]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *