प्रदेश-२ प्रमुख तिलक परियार पदमुक्त, नयाँ प्रमुखमा राजेश झा

National News News

The Mirror Desk,

काठमाडौँ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। उनी २०६४ सालको संविधान सभा निर्वाचनमा बाँकेबाट निर्वाचित सांसद थिए। बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए। परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो।

परियार पदमुक्त भएसंगे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन्।

[ref-natnlmedia]

तिलक परियार पदमुक्त
राजेश झा नियुक्त

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *