Demand of the Ministry of Forest and Industry by the Chief Justice

प्रधानन्यायाधीशद्वारा वन र उद्योग मन्त्रालयको माग, नभए संचार दिनुपर्ने अडान

Breaking News National News News

The Mirror Desk

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो भागमा परेको मन्त्रालयहरु मध्य वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दावी गरेको कुरा सार्बजनिक भएको छ।

समाचारमा जनाइए अनुसार दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने उनको माग भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ असारमा संसद पुनर्स्थापनाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

यदि उनले दुई वटै मन्त्रालयमा दाबी गरे भने सबभन्दा धेरै मन्त्रालय पाएको कांग्रेसको भागबाट काटिने सम्भावना छ।

सत्तारूढ दलहरुबीच पटक-पटक छलफल भएपनि मन्त्रालय भागवण्डा टुंगिएको छैन। किनकी जम्मा मन्त्रालय संख्या २१ छ, दलभित्र आकांक्षी धेरै भएकाले सबै दल सकेसम्म धेरै मन्त्रालय लिन चाहन्छन।

सञ्चार प्रधानन्यायायाधीश जबराको भागमा परेको भए दीपक तिमल्सिना मन्त्री बन्ने थिए। कुनै समय सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरेका तिमिल्सिना पछिल्लो समय अदालत बाहिर बसेर मुद्दा ममिला व्यवस्थापनमा सक्रियता देखाउँथे।

जबराको भागमा सञ्चार मात्र परेको भए कांग्रेसले ७, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४/४ वटा मन्त्रालय पाउने थिए। तर सञ्चार नदिने प्रधानमन्त्रीको अडान भएकाले जबराको उद्योग मन्त्रालयमा चित्त बुझाउँछन् कि वनमा पनि दाबी गर्छन् भन्ने प्रष्ट छैन।

तर प्रधानमन्त्री देउवाले सञ्चार आफ्नो दल कांग्रेसले राख्ने प्रष्ट अडान लिएका छन। ‘सञ्चार दिने हो भने एउटामा पनि मान्न सक्छन् भन्ने कुरा आएको थियो,’ उच्च स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीज्यूले सञ्चार कुनै हालतमा हुँदैन भन्नुभयो।’

[ref-onlinekhabar]

हिमानी शाहको ऎतिहासिक अन्तर्वार्ता सहित यो निकै महत्वपूर्ण भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *