The Mirror Desk,
काठमाडौँ, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालतस्थित उच्च स्राेतले जानकारी दिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन्।
प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडी सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हाे। ‘क्याभलरीकाे जग्गा सर्वाेच्च अदालतकाे नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हाे,’ सर्वाेच्च अदालत स्राेतले भन्याे, ‘नामसारीबारे छलफल भइरहेको थियोे। आज प्रधानसेनापतिलाई बाेलाउनुभएकाे हाे।’
अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए। अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो। तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेकाे बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
[ref-kantipur]
अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
भ्रस्टलाइ नछोड्ने पूर्व IGP सबेन्द्र खनालको आक्रोश पूर्ण चेतावनी…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020