Chitra bahadur Kc

प्रधानमन्त्रीको गृहजिल्लामा जनमोर्चा एक्लै लड्ने, पाँच पालिकामा उम्मेदवारी

National News News

The Mirror

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

कसैसंग तालमेल नगरी जनमोर्चाले डडेल्धुराका ५ स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरेको हो।

जिल्ला सहसचिव टंक अवस्थीले ५ पालिकाहरुमा नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवार टुंग्याएको जानकारी दिए।

उनका अनुसार डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको प्रमुखमा पवन विष्ट र परशुराम नगरपालिकाको प्रमुखमा रघुबीर विकलाई अघि सारिएको छ।

प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गाउँपालिका गन्यापधुराको अध्यक्षमा सहसचिव अवस्थीले उम्मेदवारी दिने भएका छन्।

जनमोर्चाले नवदुर्गा गाउँपालिकाको अध्यक्षमा हेमराज भट्ट र अजयमेरु गाउँपालिकाको अध्यक्षमा हरिश भट्टलाई उम्मेदवार बनाएको छ।

डडेल्धुरामा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सम्भावना नरहेपछि एकल रुपमा उम्मेदवारी टुंग्याइएको जनमोर्चाले जनाएको छ।

[ref-nepalkhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *