gathabandan

प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा गठबन्धनबीच तालमेल नहुने

National News News

The Mirror,

दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ। गठबन्धन नगर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढ्ने र त्यसको यसबाट एमालेलाई फाइदा हुने निष्कर्षसहित दलहरुले गठबन्धन नगर्ने निर्णय गरेका हुन।

जिल्ला नेताहरुका अनुसार जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसकेको हो। उक्त नगरपालिका जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो।

कांग्रेसका जिल्ला सभापति नगर प्रमुख रहेको यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठबन्धन नगर्ने निर्णय गरिएको हो।

गत स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिका कांग्रेसले जितेको हो। माओवादीले थोरै मतले परशुराम नगरपालिकामा निर्वाचन हारेको थियो। परशुराम नगरपालिका २८ हजारभन्दा बढी मतदाता रहेका छन। गत निर्वाचनमा कांग्रेसका भिमबहादुर साउँदले माओवादी उम्मेदवार शेरसिंह मालसँग २५१ मतले निर्वाचन जितेका थिए।

संसदीय र प्रदेशको निर्वाचनलाई लक्षित गरेर यो नगरपालिका कांग्रेस माओवादी दुवैले नछोडेका हुन्। पहाडी क्षेत्रका ३ स्थानीय तहभन्दा बढी मतदाता परशुराम नगरपालिकामा छन।

कांग्रेसका जिल्ला सभापति भिमबहादुर साउँदले भने, ‘परशुराम नगरपालिकाका कारण मात्र गठबन्धन भएन भन्नु गलत हो, बेग्ला बेग्लै निर्वाचन लडेपनि जित्न सकिने आधार देखिएका कारण दलहरुले सर्वसम्मतिले गठबन्धन नगर्ने निर्णय गरेका हुन, संख्या बाँडफाँटमा पनि माओवादीले ३ र समाजवादीले २ सिटमा दाबी गरेका छन्’।

माओवादी उपाध्यक्ष मानसिंह मालले भने, ‘गठबन्धनको सम्भावना नै रहेन सत्ता साझेदार दलहरुबीच सर्वसम्मत सहमति भएर बेग्लाबेग्लै निर्वाचन लड्ने निर्णय भइसकेको हो’।

डडेलधुरामा कांग्रेसभित्र गत अधिवेशनदेखि असन्तुष्ट रहेको एउटा समूहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ। क्रियाशील सदस्यता विवादका कारण तत्कालीन सभापति कर्ण मल्लको समूहले अधिवेशन बहिष्कार गरेको थियो।

[ref-ekantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *