Congress leader warns of PM's assassination

प्रधानमन्त्रीको गोलि हानी हत्या गर्ने काँग्रेस नेताको चेतावनी

Breaking News National News News

The Mirror Desk

नेपाली काँग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका छन्।

प्रधानमन्त्री ओलीमाथि आक्रोशित हुदै उनले नेपालमा नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता परेको साथै आवश्यक परे आफू नै गोड्से बन्न तयार रहेको बताए।

नाथुराम घोड्से ति व्यक्ति हुन् जसले भारतका आदर्शपुरुष महात्मा गान्धिको ३० जनवरी १९४८ मा गोली हानी हत्या गरेका थिए।

काँग्रेस सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउन जे पनि गरेको गम्भीर आरोप पनि लगाए। ओलीलाई प्रधानमन्त्री मै रहिरहन दिए नेपालनै खाइदिने उनले आरोप लगाए। त्यसैले यो समयमा ओलीलाई यसरी नै राख्न नहुने उनको दावी छ।

बैधले भने, ‘खड्क ओली यसरीनै रहिरहे नेपाल खाइदिन्छ है, मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार छु’।

वैद्यले बोलेको अभिव्यक्ति अमर्यादित भएको आम नागरिक तथा पार्टीकै नेताहरुको भनाइ छ। उनको अधिव्यक्तिको सबैतिर बिरोध भइरहेको छ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि वैद्यको अभिव्यक्ति मर्यादित नभएको भन्दै आत्मआलोचना गर्न समेत निर्देशन दिएका छन् ।

उनले ट्वीट गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले सडक र सदन दुवैमा संयमता गुमाउनु नहुने ताएका छन्। आफ्नो शब्द फिर्ता लिएर आत्मआलोचना गर्न भन्दै निर्देशन दिएका छन।

यसै सन्दर्भमा नेकपा एमालेले एक बिज्ञप्ति जारि गर्दै यो गम्भीर बिषयमा पार्टीको ध्यान आकर्षण भएको जनाएको छ। साथै यस्तो अराजक अभिव्यक्तिलाइ कडा भन्दा कडा कारबाही हुनुपर्ने जनाएको छ।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *