काठमाडौँ। प्रधानमंत्री के पी वलीले आफ्नै निबास बालुवाटारमा चारै वटा सुरक्षा निकायका प्रमुखसँग गहनरुपमा छलफल गरेका छन्। आफ्नै पार्टी मा गहिरिदै गएको संकट र आउनसक्ने अफ्ठ्यारो परिस्थिति संग जुध्न यो छलफल गरेको जनाइएको छ। सतारुढ़ दल र आफु पनि जताततै बाट घेरिएपछि उनले यो कुरा अगाडी बढाइरहेका छन्। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन्।
प्रधानमन्त्रीले सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिलगायतका विषयमा छलफल गरेकोको बताइएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले ७ औं पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको समयमा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको बताइएको छ।