wild fire in nepal

प्रधानमन्त्रीको निर्देशनमा हेलिकप्टरबाट शिवपुरी जंगलको आगो निभाइयो

National News News

The Mirror Desk,

आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी नियन्त्रणमा आएको छ।

एक दिन अगाडी प्रधानमन्त्री के पी शर्मा ओलीले जंगलमा लागेको भीषण आगलागीलाई नियन्त्रण लिन निर्देशन दिएका थिए।

जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए तर दिनभर प्रयास गर्दा पनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो।

आगो नियन्त्रणका लागि सिम्रिक एयरको दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो। करिब दुई घण्टासम्म हेलिकप्टरले पानी खसालेपछि आगलागी नियन्त्रणमा आएको हो। यसरी आगलागी नियन्त्रणमा लिन सिम्रिक एयर नेपालमा पहिलो हेलिकप्टर भएको छ।

स्विट्जरल्यान्डबाट तालिम लिएका पाइलटद्वय सिद्दार्थजंग गुरूङ र सुरेन्द्र पौडेलको कमाण्डमा आगलागी नियन्त्रण गरिएको हो।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *