The Mirror Desk,
काठमाडौँ, अस्वस्थ भएपछि प्रचण्ड पत्नी सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री के पी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन। प्रचण्डलाई फोन प्रधानमन्त्रीले भने, ”सिताजीलाई कस्तो छ, उहाँको ख्याल राख्नु होला”।
यसै बीच ओली समुहका दुइ नेताहरु विष्णु पौडेल र नेता सुवास चन्द्र नेम्वाङले अस्पताल पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन। उनीहरुले प्रचण्डकी छोरी गंगादाहाल लाई भेटेर सीताको स्वास्थ्यबारे जानकारी लिएका थिए।
प्रचण्ड पत्नी सीता दाहाल लामो समयदेखि विभिन्न रोगहरुबाट पिडित हुदै आएकी छन्।हिजो मात्र छोरी गंगा दाहालले फेसबुक मार्फत आमा बिरामी भएर अस्पतालमा भर्ना गरेको जनाएकी थिइन्।
[ref-ujjalo]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–