The Mirror Desk,
काठमाडौँ, सत्तासिन पार्टीको फुटपछि प्रधानमन्त्रीले अब संघियता पनि खारेज गर्न सक्छन है भन्ने कुरा को चासो बढेको छ। केन्द्रको आगो तलसम्म सल्कैदै गर्दा यसको सम्भाबना पनि बढ्दै गएको जस्तो देखिन्छ। अब त संघियता चाहिदैन भन्ने कुरा स्वम प्रधानमन्त्री के पी ओली समुहका नेता तथा संसद बाट पनि उठ्न थालेको छ। यो महँगो र काम बिहिन भएको कुरा धेरै जसो नेपाली जनताले बताउदै आएका छन्।
यसै क्रममा प्रधानमन्त्री ओली समुहकी सांसद समेत रहेकी ‘निरुदेवी पाल’ ले प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न आग्रह गरेकी छन्। विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सभापतिसमेत रहेकी निरुदेबीले फेसबुकमार्फत् प्रधानमन्त्रीलाई संघीयता खारेज गरेर आगाडी बढ्न आग्रह गरेकी हुन्। उनले हिम्मतका साथ् भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्न पनि प्रधानमन्त्रीलाइ आग्रह गरेकी छन्।
सांसद पालले यदि प्रधानमन्त्रिले आँट गरेर संघीयता खारेज गर्ने र भ्रष्टाचारीलाई जेल कोच्ने हो भने प्रधानमन्त्री ओलीलाई नेपाली जनताले सधै भरी साथ् दिने र उनीहरुको मन मस्तिष्कमा सधैँ बस्न सफल हुने पनि बताएकी छन्।
उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै:-
“सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् नेपाली जनताको मन मस्तिष्कमा सधैँ बस्नु हुनेछ । मेरो व्यक्तिगत विचार,” उनले लेखेकी छन् ।

[ref-lekhajopkha]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–