प्रधानमन्त्रीलाई विप्लवले थर्काए, ‘सहमति अनुसार बन्दी रिहाई गरेको खोइ’?

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ। विप्लव प्रधानमन्त्रीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएकोमा प्रधानमन्त्री प्रति असन्तुस्टी ब्यक्त गरेको बताईएको छ।

विप्लव माओबादि र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।

भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका थिए र केहि आक्रोशित पनि भएका थिए।

प्रधानमन्त्रीले जवाफमा नेता कार्यकर्ताहरु रिहाइका लागि आफू लागिरहेको र छिट्टै रिहाइ गर्दै जाने जानकारी दिएका थिए।

[ref-Okhaabar]

अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *