janardhan sharma

‘प्रधानमन्त्रीलाई समेत नटेर्ने कस्ता अर्थमन्त्री’

National News News

The Mirror

विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने आवाज चौतर्फी उठन थालेको छ। संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले उनले राजीनामा दिनुपर्ने माग गरिएको छ।

अहिले शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि नै निरन्तर दबाब परिरहेको छ।

अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने स्वयं सत्तारुढ दलका नेताहरुले नै माग गरेका छन।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भन्दै उनको चौतर्फी विरोध भएको छ।

बजेट निर्माणका लागि अर्थमन्त्रालयमा प्रवेश गरेका व्यक्तिबारे छानबिन गर्न सीसीटीभी देखाउन माग गरिए पनि सीसीटीभी फुटेज नै नष्ट भएको भन्ने जवाफले अर्थमन्त्रीमाथि थप आशंका उब्जाएको छ। यसमा अर्थमन्त्री मात्र होइन मन्त्रालयका अधिकारीहरु, प्रचण्ड र प्रधानमन्त्री पनि यसको दाषी हुनसक्छन।

यस्तो संघिन आरोप लाग्दा पनि केही नेता बाहेक सत्तारुढ दल बोलेको छैन। यस घटनाले गठबन्धनको साख त घटाउँछ नै त्यो भन्दा पनि प्रधानमन्त्रीलाई झन् असर पर्दछ।

अर्थमन्त्री शर्मा राजीनामा नदिने योजनामा रहेको भन्दै तर यसपटक लतारे रै भए पनि एमालेले उहाँलाई त्यो पदबाट हटाउने रणनीतिमा रहेको जनाएको छ।

माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री शर्मा विरुद्ध गम्भीर आरोप लाग्दा पनि उसको केन्द्रीय समितिमा एक शब्द पनि उच्चारण हुँदैन। सडकदेखि सदनसम्म छानबिन र अर्थमन्त्री शर्माको राजीनामा माग तिब्र बन्दा बल्लतल्ल माओवादीका केही नेताले चासोसम्म राखेका छन।

सीसीटीभी एउटा आधार हुँदा त्यो फुटेज रेकर्डमा नरहनुले सिंहदरबारमा बिचौलियाको गहिरो प्रभाव रहेको पुष्टि हुन्छ। देश नै बिचौलियाहरुले चलाइरहेका छन। प्रधानमन्त्रीदेखि मन्त्रीहरु अभिनय मात्र गरिरहेको आरोप लाग्दै आएको छ।

यो तहसम्मको गतिविधि हुँदा समेत प्रधानमन्त्री चुप लागेर बस्ने भन्ने कुराले यसको प्रधानमन्त्रीको समेत मिलोमत्तो छ कि भन्ने आशंका बढाएको छ।

निजी क्षेत्रले पनि आर्थिक भ्रष्टाचार भयो भनेर गम्भीर प्रश्न उठाएको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले यस्तो परिस्थितिमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ नत्र प्रधानमन्त्रीले नै हटाउनुपर्नेमा जोडदिएका छन।

[ref-pathivaradaily]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *