काठमाडौं, नेपालको राजनीतिक निकै कठिन मोडमा उभिएको छ। नयां निर्बाचन को मिति पनि तय भैसकेको छ। प्रचण्ड गुट र केपी ओली गुट आफ्नो आफ्नो भेलामा मस्त छन। केपी ओलीलाई कारबाही गर्ने निर्णय संगै उनले आफु निकट संसदहरुलाई बोलेर छलफल सुरु गरेका छन्।
यसै बीच भर्खरै प्राप्त समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन्। उनले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। उनले दिउसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको कुरा उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए छन्।
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…
https://youtube.com/c/TheMirror2020
ref-onlinekhabar