The Prime Minister did not get a vote of confidence

प्रधानमन्त्रीले पाएनन विश्वासको मत, आजै देखि स्वतः पदमुक्त

National News News

The Mirror Desk

विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ। बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत नभएकाले अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद भएपनि प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन्। समानान्तर संरचना बनाएको ‘नेपाल-खनाल’ समूहका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको ‘भट्टराई-यादव’ समूह र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका थिए। जसपाको ‘ठाकुर-महतो’ समूह र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेका थिए।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *