प्रधानमन्त्री ओली र मोदीले कुर्था–जयनगर रेलको संयुक्तरूपमा उद्घाटन गर्ने

National News News

The Mirror Desk,

काठमाडौँ, नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाए अनुसार सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ। औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको हुने कुरा कम्पनीले जनाएको छ। भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कुरा कम्पनीले जनाएको छ।उद्घाटन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ। तर पनि उनी भौतिकरूपमा वा भर्चुअल रुपमा उपस्थित हुने भन्ने टुंगो लागिसकेको छैन।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार, भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने छ। कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ। त्यसमा रेल चालक, स्टेसन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन्। आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्ट्याण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ। भाडादर र टिकटका विषयमा यसअघि नै टुंगो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए। अबको दुईदेखि तीन हप्ताभित्र नियमित सञ्चालनको काम सकिन्छ।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ। अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो। कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *