kp oli and bidhya bhandari

प्रधानमन्त्री कसरी यस्तो कठिन निर्णयमा पुगे? संसद विघटन पछिका घटनाक्रम र नालिबेली २५ बुंदामा हेर्नुहोस

National News

काठमाडौँ, प्रधानमन्त्रीले संसद विघटनको को निर्णय गरेपछि र रास्ट्रपतिले स्वीकृत गरेर नयाँ निर्बाचनको मिति तोकेपछि निकै धेरै घटनाक्रम भएका छन्। हेर्नुहोस मुख्य घटनाक्रमहरु यहाँ छन्।

१} प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार गएका थिए।
२} दुई अध्यक्षहरु के पी ओली र प्रचण्ड बीच खुमलटारमा छलफल चलेरहेको समयमा उपाध्यक्ष वामदेव गाैतम अचानक प्रवेश गरेका थिए जुन एकदमै रहस्यमय मानिएको छ।
३} प्रचण्ड संगको कुराकानीपछि खुमलटारबाट निस्किनेबित्तिकै प्रधानमन्त्री के पी ओली गृहमन्त्री बादललाइ भेट्न पुल्चोक पुगेका थिए।
४} आफूविरुद्धको आरोपपत्र फिर्ता लिन प्रधानमन्त्रीओलीको आग्रहलाइ प्रचण्डले अस्वीकार गरेका थिए भने अध्यादेश फिर्ता लिन प्रधानमन्त्रिले पनि अस्विकार गरेका थिए।
५} प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने र प्रधानमन्त्री ओली विरुद्ध सशक्त भएर अगाडी बढ्ने बताएका थिए।
६} प्रचण्ड र माधवकुमार नेपालसहितका नेताले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर निकै चर्को आलोचना गरेका थिए।
७} प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
८} ओलीको संसद् विघटनको प्रस्तावमा आफ्नो विरोध वा समर्थन केही नभएको कुरा नेता वामदेव गौतमले सार्बजनिक रुपमा बताएका थिए।
९} संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको सर्वत्र आलोचना गरिएको छ।
१०} सितल निबास गएका परधन्मंत्रीले वैशाख-२३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका थिए।
११} प्रधानमन्त्री ओलीले ‘नो ईन्ट्री’ भनेपछि बालुवाटारमा उनलाई भेट्न गएका प्रचण्ड दुखी हुदैँ फर्किएका थिए।
१२} सत्तारुढ दल नेकपाभित्रका “प्रचण्ड-माधव” गुटले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी बुझेपछि सरकारले संसद् विघटनको सिफारिस गरेको थियो। उक्त गुटले त्यसको लागि हस्ताक्षर गरी संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको थियो। राष्ट्रपतिविरुद्ध प्रस्ताव दर्ता गरी निस्क्रिय बनाएपछि उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत आफ्ना योजना पूरा गर्ने दाउमा यो गुट लागेको थियो।
१३} उक्त सूचना शितल निवास र बालुवाटारमा पुगेपछि ओलीले आइतबार विहान आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाई विघटन सिफारिस गरेको थिए।
१४} संसद विघटनको सिफारिसपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै प्रदेशका प्रितनापतिहरुसँग छलफल गरेका थिए।
१५} प्रधानमन्त्री ओलीसँग विमति राख्दै “प्रचण्ड-माधब” गुटका सात मन्त्रीले सामूहिक राजीनामाको घोसणा गरेका थिए। तर पूर्व माओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजिनामा गरेनन।
१६} यसै गरी ९०जना सांसदहरुले बुझाएको अविश्वास प्रस्तावमा प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको थियो।
१७} पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने अहिलेसम्म ओलीलाई साथ दिएरहेका छन्।
१८} संसद् सचिवालयले भनेको छ “अविश्वास प्रस्ताव बिहान होइन, दिउँसो दर्ता भएको हो”
१९} प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसंग बालुवाटारमा बोलाएका गहन छलफल गरेका थिए।
२०} प्रधानमन्त्री के पी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको स्थायी कमिटीले निर्णय गएको छ।
२१} राष्ट्रपतिद्वारा संसद् विघटन गरी वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनावको मिति घोसणा गरिएको छ।
२२} “प्रचण्ड-नेपाल-बाबुराम” लाई नियन्त्रणमा लिएर भ्रस्टचार सम्बन्धि अनुसन्धान गरिने कुरा बाहिर आएको छ।
२३} आजै “प्रचण्ड-माधव” समूहले काङ्ग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री उपर अविस्वासको प्रस्ताव दर्ता गरी सरकार ढाल्न जनार्धन शर्माको नेतृत्वमा एउटा टिम राष्ट्रपति कार्यलय पठाउदै थियो। सो कुराको यथार्थ जानकारी पाए पछि जनार्धन शर्माको टिम राष्ट्रपति कार्यलय पुग्नु अगावै प्रधानमन्त्रीले मन्त्री परिषदको वैठक बसाली संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष गरेको कुरा खुल्न आएको छ।
२४} स्थायी कमिटीको बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए।
२५} समाचारमा जनाइए अनुसार “प्रचण्ड-माधब” गुटले प्रचण्ड लाई प्रधानमन्त्री, झलनाथ खनाललाइ रास्ट्रपति, र माधब नेपालाई पार्टी अद्क्ष्य बनाउने गरी गृहकार्य गरिरहेको जनाइएको छ।

प्रधानमन्त्रीको संसद विघटनको निर्णय रास्ट्रपतिद्वारा स्वीकृत
सात मन्त्रीको सामूहिक राजीनामा
राजिनामा गरेर बाहिर निस्कदै मन्त्रीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *