The Mirror Desk,
काठमाडौँ, नेकपा एमाले ‘नेपाल-खनाल’ समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आफ्नो समुहले आयोजना गरेको चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्। प्रधानमन्त्रीले नेता कार्यकर्ताहरुलाई ‘नेपाल-खनाल’ समूहको भेलामा नजान र गएमा कारबाही हुनसक्ने बताएका थिए।
उनले प्रधानमन्त्रीलाई भोलिको भेलामा उपस्थित हुन पनि आग्रह गरे। भट्टराईले भने ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनको लागि कसैलाई तपाईंले खटाउनै पर्दैन, आफैं आउनुहोस्। देशभरीबाट आएका तपाईंकै कार्यकर्ता हुन्, तपाईंकै सदस्य हुन्’।
उनले भने, ‘अब मुलुक, पार्टी र राजनीति कारबाहीबाट नचल्ने बताए, कारबाहीको कुरा गर्नुभएको छ, कारबाहीले मुलुक, राजनीति र पार्टी अगाडि बढ्दैन, यो अहंकारीपूर्ण अभिव्यक्ति हो, हामीलाई कुनै पश्चाताप छैन, हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं, किनभने हामी मुलुकको लागि, संविधानको लागि र हामीले पाएको जनसमर्थको पक्षमा उभिएको मान्छे हौ’।
[ref-nagarik]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons