The Mirror Desk,
काठमाडौँ, अन्तत नेपाल समुहका नेता योगेश भट्टराईले आफ्नो बोलि फेरेका छन। नेता योगेश भट्टराईले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा पनि गरे।
उनले प्रधानमन्त्री संग आग्रह गर्दै भने, ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं, हामीहरुले पार्टी पूर्ववतः अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ अघिकै अवस्थामा फर्किउ, यहाँबाट नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं, मुलुकको प्रधानमन्त्री हुनुको नाता र पार्टीको अध्यक्ष भएको नाताले एकताबद्ध बनाएर लैजान तपाईंले पहलकदमी लिनुस्’।
बैठकमा नेता भट्टराईले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली ऐतिहासिक समयमा पार्टी अध्यक्ष हुनुहुन्छ र उहाको नेतृत्वमा नेकपा एमालेले ऐतिहासिक सफलता हासिल गरेको कुरा स्थापित तथ्य हो, अव पार्टी भित्रका समस्यालाई समाधान गर्दै एमालेलाई एकतावद्ध बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै हो’।
उनले बैठकमा प्रधानमन्त्रीको प्रसंसा गर्दै बिगतमा भएका सबै तिता मिठा कुराहरु बिर्सेर सबै एकताबद्द भएर मुलुक र पार्टीलाई अगाडी बढाउनुपर्ने बताए।
उनले भने, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गर्नुपर्छ, थोरै पनि लचकताबाट यो संभव छ, बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ, अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ’।
[ref-kantipur]
अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस…
गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग घुसको डिल…
३/४ प्रतिशत दिनुपर्ने माग…
सुन्नुहोस यो डिल…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons